काठमाडौँ ।
हाल देशभर सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सक्रिय रहँदा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति देशभर बदली रहनेछ भने कोशी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।











प्रतिक्रिया