ललितपुर।
ललितपुरको सनराईज हाउजिङ्गबाट दिनदहाडै चोरी भएको एक गाडी एक सातादेखि बेपत्ता रहेको छ। गत श्रावण १३ गते बिहान करीब ९ बजे पार्किङ्ग गरिराखिएको बा। २५। च–८७०० नम्बरको निशान म्यागनाइट कार गायब भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विवरण अनुसार, श्रीकृष्ण पौडेल नाम गरेका व्यक्ति, जो कारधनीसँग सामान्य चिनजानमा थिए, उक्त गाडी घरबाट लिएर फरार भएका थिए। हाल उनी सातदोबाटोस्थित प्रहरी हिरासतमा रहेका छन्। पौडेलले कार लगेको स्वीकार गरे पनि पार्किङ गरेको स्थान बिर्सिएको बताउँदै आएका छन्।

प्रहरीका अनुसार, उक्त गाडी अन्तिम पटक बानेश्वरस्थित नागरिक अस्पताल नजिक दाहिनेतर्फ मोडिएको सिसिटिभी फुटेजमा देखिएको छ। तर, सोही आधारमा खोजी गर्दा बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा गाडी फेला पार्न सकिएको छैन।
प्रहरीका अनुसार गाडीको खोजी कार्य जारी छ भने सवारी चोरीको घटना भएकाले अनुसन्धान थप तीव्र बनाइएको छ। साथै, स्थानीय बासिन्दाहरुलाई कुनै सुराकी वा गाडी देखिएको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यस घटनाले ललितपुर क्षेत्रको सुरक्षाप्रति समेत प्रश्न उठाइरहेको छ।











प्रतिक्रिया