काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनाको नाम सार्वजनिक गरेको छ। बिहीबार पार्टीको फेसबुक लाइभमार्फत शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा। लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालको नाम सार्वजनिक गरिएको हो।
साउन ७ देखि २१ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। साउन २५ गते उम्मेदवारसँग छलफल गरिनेछ भने साउन २६ गते प्रारम्भिक नामावली सार्वजनिक हुने र भदौ १२ गते प्रारम्भिक निर्वाचन हुने रास्वपाका रुपन्देही इन्चार्ज विपिन आचार्यले जानकारी दिए।











प्रतिक्रिया