काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा रहेकाले देशभर मनसुनको प्रभाव देखिएको छ। तर, जलवाष्पयुक्त हावाको प्रभाव कमजोर रहेकाले अधिकांश भू-भागमा आंशिक बदली मात्र देखिएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
बिहीबार बिहानको मापन अनुसार प्रमुख नदीहरू सतर्कता तहभन्दा तल छन्। तर, झापा, इलाम, पाँचथर लगायतका जिल्लामा बहने साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ताप्लेजुङदेखि कञ्चनपुरसम्मका धेरै जिल्लामा स–साना नदीको बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिम रहने सम्भावना छ। सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।













प्रतिक्रिया