११ एसपीको एसएसपीमा बढुवा, पदस्थापन सूची सार्वजनिक


काठमाडौं ।

हालै एसपीबाट एसएसपीमा बढुवा भएका ११ प्रहरी अधिकृतहरूको पदस्थापन गरिएको छ । बुधबार राति बढुवा सूची सार्वजनिक भएपछि सोही राति पदस्थापन गरिएको हो।

पदस्थापनअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ भने राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा जिम्मेवारी दिइएको छ।

त्यस्तै, राजजिबहादुर बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत हाल नेपालगञ्ज, बाँके पठाइएको छ। अन्य अधिकृतहरूको पनि विभिन्न स्थानमा पदस्थापन गरिएको छ।

यस्तो छ पदस्थापन सूची –