बौद्धमा खुकुरी प्रहार: दुई जना पक्राउ


काठमाडौं ।

काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई युवक पक्राउ परेका छन्। साउन १८ गते लामा पेट्रोल पम्प अगाडि २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो। पक्राउ पर्नेमा आशिष राई र संस्कार मगर रहेका छन्।

प्रहरीले रामहिटी नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो। पीडितको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण मिनिरल वाटरको बोतलको विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले दुई वटा खुकुरी समेत बरामद गरेको छ।