काठमाडौं ।
भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मिश्रीको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत यात्रा तयारीका सन्दर्भमा हो।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा दुई देशबीचका विविध द्विपक्षीय विषयमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत जान तयारीमा छन्।











प्रतिक्रिया