सिन्धुलीका युवकको मिर्गौला काण्डमा एकजना पक्राउ


काठमाडौं ।

सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा नुवाकोटका समिर परियारलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन तथा अनुसन्धान व्युरोका अनुसार परियारलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई कामको प्रलोभन देखाई भारत लगेर बन्धक बनाउँदै मिर्गौला निकालिएको थियो। घटनामा संलग्न गिरोहबारे थप अनुसन्धान भइरहेको छ।