तातोपानी नाकामा पहिरोको मार: व्यापार र तीर्थयात्रा ठप्प


काठमाडौं ।

गत असार २४ गतेको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात व्यापार तातोपानी नाकामै सीमित बनेको छ। तर तातोपानी नजिकैको कोदारीमा गएको पहिरोका कारण सातादेखि सडक अवरुद्ध हुँदा सयौं कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेका छन्। स्याउ, लसुन, अंगुरजस्ता खाद्यवस्तु कन्टेनरमै कुहिन थालेको छ।

सडक माथिबाट माटो बग्ने र तल्लो भागमा भोटेकोशी नदीले कटान गर्ने समस्याले बर्सात सकिएसम्म समाधान नहुने देखिएको छ। सडक अवरुद्ध हुँदा भन्सारको राजस्व संकलनमा ६४५ ले गिरावट आएको भन्सार अधिकृत सूर्य काफ्लेले जनाए।

व्यवसायी र स्थानीयले चार वर्षदेखि समस्या समाधान नहुनुमा सरकारी बेवास्ता भएको गुनासो गरेका छन्। रसुवा नाका बन्द भएपछि मानसरोवर तीर्थयात्रा र सारा व्यापार तातोपानीमा केन्द्रित हुँदा अवस्था झन् विकराल बनेको छ।