काठमाडौँ ।
चाडपर्वलाई लक्षित गर्दै सरकारले भदौ अन्तिम साता देखि सुपथ मूल्य (सहुलियत) पसल सञ्चालन गर्ने भएको छ। उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले देशभर १ सयभन्दा बढी स्थानमा पसल सञ्चालनको तयारी गरेका छन्।
यसका लागि झन्डै ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ। खाद्य कम्पनीले २ करोड ५२ लाख र साल्ट ट्रेडिङले १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट पाएका छन्।
यी पसलहरूबाट चामल, चिउरा, दाल, तेल, नुन, मासुजन्य वस्तुहरू छुटमा बिक्री हुनेछन्। गत वर्ष खाद्यान्नमा ५–१० रुपैयाँ र खसीबोकामा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिइएको थियो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि तीजपछिदेखि विशेष बजार अनुगमन गर्ने तयारी गरेको छ।











प्रतिक्रिया