काठमाडौं ।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हावी हुँदा लामो समयदेखि सेवा दिँदै आएका योग्य न्याय सेवाका कर्मचारीहरू उपेक्षित भइरहेका छन्। पछिल्ला वर्षहरूमा उच्च अदालतमा नियुक्त भएका धेरैजसो न्यायाधीश राजनीतिक दलहरूको कोटाबाट आएका छन्, जसले क्याडर जजहरू निरुत्साहित बनाइरहेको छ।
२०७३ देखि हालसम्मको नियुक्ति विश्लेषण गर्दा वरीयता, अनुभव र कार्यक्षमता भन्दा राजनीतिक आस्था प्रधान देखिन्छ। कानुन व्यवसायीलाई प्राथमिकता दिइएको देखिए पनि तिनको पनि सिफारिस राजनीतिक भागबन्डाका आधारमा गरिएको छ।
नेपाल बार एसोसिएसनले उच्च अदालतमा ५०% न्यायाधीश भागबन्डा आफूहरूलाई हुनुपर्ने माग गर्दै चेतावनी दिएको छ। न्यायपालिकाको शुद्धीकरण र निष्पक्षता कायम गर्न निष्पक्ष नियुक्तिको माग उच्च हुँदै गएको छ।











प्रतिक्रिया