कोशी, बागमती र गण्डकीका पहाडमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। राति पनि देशभर सामान्य बदली रहनेछ भने केही प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।