सामसङले ग्यालेक्सी स्मार्टफोन र वेयरेबलमा ठूलो छुटको घोषणा गर्यो


काठमाडौँ
सामसङ नेपालले आफ्ना प्रिमियम ग्यालेक्सी स्मार्टफोन र वेयरेबल उपकरणमा विशेष छुटको अभियान सुरु गरेको छ । यस अन्तर्गत ग्राहकले नयाँ ग्यालेक्सी फोन र स्मार्टवाच वा इयरबड्स सँगै खरिद गर्दा ३२% सम्म छुट पाउनेछन् ।

यो मल्टी–बाइ अफर ग्यालेक्सी जेड फोल्ड ६, जेड फ्लिप ६, एस २५ सिरिज र ए–सिरिजका मोडलमा लागू हुनेछ। साथै, ग्यालेक्सी वाच ८ क्लासिक, वाच ८, बड्स ३ प्रो जस्ता वेयरेबल उपकरणमा पनि २०% देखि ३२% सम्मको छुट दिइनेछ ।

अफर पाउन ग्राहकले सामसङको आधिकारिक वेबसाइटमा रु. २,००० अग्रिम सदस्यता शुल्क तिरेर ओटिपी प्राप्त गर्नुपर्छ । यसको लागि नागरिकताको प्रमाणपत्र मात्र आवश्यक छ । साथै, सामसङ इन्स्टाफाइनान्स मार्फत ०% ब्याजमा किस्तामा खरिद गर्न पनि सुविधा उपलब्ध छ ।

यो विशेष प्रस्ताव सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ। अधिक जानकारीका लागि सामसङ नेपालको आधिकारिक वेबसाइट वा नजिकैको अधिकृत पसलमा सम्पर्क गर्न सकिन्छ ।