काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार एवं सम्पदा अभियन्ता यादवलाल कायस्थले हनुमानढोका प्रहरी कार्यालय मासेर प्रहरी कार्यलय बनाउन नपाईने बताएका छन् । मंगलबार बिहान मेयर साह र प्रहरी महानिरीक्षक दीपक थापाको भेटको विषयमा कटाक्ष गदै सम्पदा मास्न नपाईने र सो क्षेत्रमा पोखरी बनाउन नमिल्ने बताएका छन् ।
सुरुदेखि हनुमानढोका प्रहरी कार्यालय हटाउने र सो क्षेत्रमा विश्वसम्पदाक्षेत्रको मापदण्ड अनुसार कलात्मक संरचना बनाउने विषय उठान गरिरहेका कायस्थले प्रहरी प्रमुख संगको वार्ताबारे जानकारी नदिएकोमा आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश र इतिहासमा सम्झनलायक बियाऊ उल्लेख गर्दै प्रमाणसहितको स्ट्याटस लेखेका छन् ।

बालेन सा मुर्दाबाद । कुनै हालतमा पोखरि बनाउन पाइँदैन त्यसो भए प्राचीन स्मारक संरक्षण ऐन खारेज गरि दिनुस । बिश्व सम्पदा क्षेत्र हनुमानढोकामा रहेको मापदण्ड बिपरितको नेपाल प्रहरिको जीर्ण भवन भत्काएर सम्पदा संरक्षणको नीति नियम ऐन कानुनको पालना गर्ने अभियान हो मेरो ।
जसअपजसको मात्रै खेल कदापि हैन नेपालको संबिधान , नेपालको प्राचीन स्मारक संरक्षण ऐन २०१३ अक्षरश पालना गर्ने गराउने अभियान हो मेरोप्रचार प्रसार मात्रैको पनि खेल कदापि हैन ।

नेपालको ऐन कानुन बमोजिम त्यहाँ सम्पदा संरक्षणको मर्म अनुरुप जे थियो त्यहि जहाँ थियो त्यहीँ र जस्तो थियो त्यस्तै पुनर्निर्माण हुनुपर्छ बालेन सालेन साइजिपिले चाहँदैमा पोखरी बनाउन पाइँदैन , कदापि बनाउन पाइँदैन त्यहाँ ऐतिहासिक महत्त्व भएको तथा पुरातात्त्विक र सांस्कृतिक एवं धार्मिक मान्यता भएको अत्यन्तै कलात्मक सतल पुनर्निर्माण हुनु पर्दछ ।












प्रतिक्रिया