काठमाडौं।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । ५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको एक्स्पोमा विद्युतीय सवारी (ईभी) मुख्य आकर्षण बनेका छन् । महिन्द्रा, लिप मोटर, प्रोटोन, टोयोटा, हुन्डाई, चेरी अटो, म्याक्ससलगायत ३५ ओटा ब्रान्डले नयाँ नयाँ मोडेल सार्वजनिक गरेका छन् । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारी ब्रान्डहरूको सहभागिता छ । सहभागी विभिन्न ब्रान्डहरूले एक्स्पोका लागि नयाँ मोडलहरू भित्र्याएका छन् । १५ दुईपांग्रे, १५ चारपांग्रे, ४ व्यावसायिक र १ थ्रि–ह्वीलर गरी कुल ३५ नयाँ मोडल सार्वजनिक गर्दै छन् ।
एक्पोमा अग्नि इनकर्पाेरेट प्रालिले महिन्द्राका दुई विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको छ । महिन्द्राले बीई–६ ईभी दुई भेरियन्टमा सार्वजनिक गर्दै ५७ देखि ६८ लाखको मूल्य तोकेको छ । महिन्द्राले लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीमा ल्याएको एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ यसले ३ सय ८० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै हुन्डाईले ‘असर अगस्ट’ योजना अन्तर्गत ८ लाख नगद छुट, बीमा र भियतनाम ट्रिप अफर गरेको छ । हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

म्याक्ससले प्रिमियम ईभी मिफा ७ (१.२५ करोड) र इटेरोन ९ (१.०९ करोड) लन्च गर्दै १० लाखसम्मको छुट घोषणा गरेको छ । कम्पनीले ग्राहकलाई १० लाख रुपैयाँ र इटेरोन नाइन पिकअप बुक गर्नेलाई ५ लाख रूपैयाँ नगद छुट लगायत अन्य विशेष अफर रहेको छ । साथै प्रोटोनले इमास ७ प्रदर्शन गर्दै अनलिमिटेड माइलेज वारेन्टी र आकर्षक अफरहरू ल्याएको छ।
टोयोटाले यारिस क्रस हाइब्रिड र ल्यान्ड क्रुजर २५० प्रस्तुत गर्दै विशेष छुट र ‘टोयोटा प्ल्याटिनम कार्ड’ सुविधा दिएको छ । ओमोडा जेकोले जे–फाइभ एसयूभी सार्वजनिक गर्दै सस्तो मूल्यमा (५६.९९ लाख) को अफर ल्याएको छ।











प्रतिक्रिया