सरुवा अस्वीकार गर्दै अनशनमा बसेका शिक्षकलाई कार्यक्षेत्रमा फर्किन मेयरको आग्रह


काठमाडौ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले सरुवा अस्वीकार गर्दै आमरण अनशनमा बसेका शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँललाई तोकिएको विद्यालयमा हाजिर हुन आग्रह गरेका छन्।

पोख्रेलले शिक्षक सरुवा नियमित प्रक्रिया भएको स्पष्ट पार्दै शिक्षाको गुणस्तर सुधार र प्रणाली सुदृढीकरणका लागि निर्णय गरिएको बताए।

उनीहरूले लामो समयदेखि एउटै विद्यालयमा कार्यरत रहेको र सरुवासँग सम्बन्धित उजुरीसमेत अख्तियारमा परेको पृष्ठभूमिमा विवाद चर्किएको हो।

अधिकांश शिक्षकले सरुवा स्वीकार गरिसकेको बताउँदै पोख्रेलले अस्वीकार गरे कारबाही हुने चेतावनी दिएका छन्।