काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ ।
आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो ।
“मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मुल नारा सहित आयोजना हुन लागेको समिटको लोगोमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ । यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको संकेत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत, सोलार, वीन लगायत पनि देखाइएको छ ।











प्रतिक्रिया