२२ नम्बर ब्रोकरका जिएम पक्राउ


काठमाडौं ।

ठगीको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालि (२२ नम्बर ब्रोकर) का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टाइकुन दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दायर गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उजुरीमा सिप्रवीले विभिन्न प्रलोभन देखाएर ११ करोड ५५ लाख रुपियाँ हिनामिना गरेको दाबी गरिएको छ।

अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक श्रीवास्तव, प्रबन्ध निर्देशक सतीश कुमार श्रेष्ठ र वरिष्ठ अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरीमा ठगीसम्बन्धी उजुरी दिएकी थिइन्। अघि दीपेन्द्र अग्रवाल पनि ठगी आरोपमा पक्राउ परी केही दिनअघि मात्रै धरौटीमा छुटेका छन् ।