भारतविरुद्ध रूटको कीर्तिमान


लन्डन, (एजेन्सी)

इंग्ल्यान्डका स्टार ब्याटर जोए रूटले भारतविरुद्धको ५ खेलको टेस्ट क्रिकेट सिरिजमा ऐतिहासिक कीर्तिमान बनाएका छन् ।
भारतविरुद्धको पाँचौं तथा अन्तिम टेष्टमा शतक प्रहार गर्दै रूटले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । रूटले भारतविरुद्धको सिरिजमा तीन शतकसहित पाँच सयभन्दा बढी रन बनाएका हुन् । यससँगै उनी भारतविरुद्ध एउटै टेस्ट सिरिजमा तीन शतक र पाँच सय रन बनाउने विश्वकै पहिलो क्रिकेटर बने ।
यो उपलब्धिसँगै रूटले पाकिस्तानका जहिर अब्बास, युनिस खान, वेस्ट इण्डिजका गेरी सोबर्स र अष्ट्रेलियाका रिकी पोन्टिङलाई पछाडि पारेका छन् । यी सबै जनाले भारतविरुद्ध दुईपटक पाँच सयभन्दा बढी रन बनाएका थिए, तर रूटले भने यो उपलब्धि तीनपटक दोहो¥याएका छन् ।
टेस्ट क्रिकेटमा रूटको यो ३९औं शतक हो भने भारतविरुद्ध १६ औं शतक हो । भारतविरुद्धको प्रदर्शनको हिसाबले समेत यो संख्या उच्च हो, जसले उनलाई भारतविरुद्ध सर्वाधिक सफल विदेशी ब्याटरहरूमध्ये एक बनाएको छ ।