हाल ट्रान्सफरमा सर्वाधिक महँगा खेलाडी विर्ज


लन्डन, (एजेन्सी)

युरोपेली लिगको नयाँ सिजन शुरु हुन लागेको छ । केही क्लबहरूले खेलाडी अनुबन्ध गर्न सफल भएका छन् भने केही क्लबहरू खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेका छन् । यसैक्रममा इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले दुई खेलाडीलाई महँगो दाममा किनेको छ ।

लिभरपुलले फ्लोरिन विर्जलाई बायर लेभेरक्युसेनबाट १ सय २५ मिलियन यूरोमा किनेको हो । जुन, २०२५ को समर ट्रान्सफरमा सर्वाधिक मूल्य मानिएको छ । लेभरेक्युसेनमा २०२० देखि २०२५ सम्म खेल्दा उनले ३५ गोल गरेका थिए ।

यस्तै, लिभरपुलले ह्युगो इकिटिकेका लागि ९५ मिलियन युरो खर्च गरेको छ । इकिटिकेलाई फ्रान्कफर्ट क्लबबाट लिभरपुलले किनेको हो । नयाँ सिजनका लागि भएको यो सम्झौता सर्वाधिक महँगोमा दोस्रो स्थानमा रहेको छ ।

यसैगरी अर्को इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडले ब्रायन एम्ब्युमोलाई ब्रेन्टफोर्डबाट ७५ मिलियन युरोमा अनुबन्ध गरेको छ । यो सर्वाधिक महँगो सम्झौतामा तेस्रो हो भने गालातासारेले नापोलीका भिक्टोर ओसीम्हेनलाई पनि ७५ मिलियन युरोमै किनेको छ ।

नयाँ ट्रान्सफरमा सर्वाधिक महँगो खेलाडीमा म्याथ्यु कुन्हा पाँचौं स्थानमा रहेका छन् । उनलाई म्यानचेस्टर यूनाइटेडले ७४.२ मिलियन युरोमा वोल्भस्बाट किनेको हो ।
यस्तै, लुइस डायज छैटो महँगा खेलाडी बनेका छन् । उनलाई बायर्न म्युनिकले लिभरपुलबाट किनेको हो । उनको मूल्य ७० मिलियन यूरो रहेको छ ।

अन्य १० स्थानसम्म रहेका खेलाडीको मूल्य (युरोमा) यसप्रकारको छ ।

७. मार्तिन जुबीमेन्डी ७० मिलियन (आर्सेनलले रियल सोसिदादबाट किनेको)

८. मातिओ रेटेगुइ ६८.२५ मिलियन (अल कादसिआहले एटलान्टाबाट किनेको)

९. भिक्टोर ग्योकेर्स ६५.५ मिलियन (आर्सेनलले स्पोर्टिङबाट किनेको)

१०. जेमी गिटन्स ६४.३ मिलियन (चेल्सीले डर्टमन्डबाट किनेको)