इन्फिनिटी लघुवित्तद्वारा तालिम सञ्चालन


काठमाडौं ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थाको समग्र गुणस्तर अभिवृद्धि र नाफामुखी सेवामा केन्द्रित गर्दै शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई ‘फोकस अन क्वालिटी प्रोफिटएविलिटी’ तालिम दिएको छ।
तालिम पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै वर्तमान चुनौतीको सामना गर्दै गुणस्तरीय कर्जा विस्तारमा ध्यान केन्द्रित गर्न आह्वान गरे। संस्थाका अध्यक्ष विष्णुकुमार घिमिरेले विषम परिस्थितिमा कर्मचारीको समर्पणप्रति आभार व्यक्त गर्दै थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गरे।