मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट


काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले बसुन्धरास्थित एमएन अस्पतालसँग विशेष सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले अपरेसन, प्रयोगशाला परीक्षण, एक्स–रे, औषधिजस्ता सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा पुगोस् भन्ने अपेक्षा राखेको छ । हालै बैंकले ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ ।