काठमाडौं ।
महालक्ष्मी विकास बैंकले भारतीय बैंक एचडीएफसीसँगको समझदारीपछि भारतबाट नेपालमा भुक्तानी सेवा सुरु गरेको छ । यससँगै महालक्ष्मी विकास बैंक सीमा–पार भुक्तानी सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको हो । दुवै बैंकले प्रक्रिया पूरा गरी परीक्षण कारोबारसमेत गरिसकेका छन्।
अब भारतस्थित व्यक्ति वा संस्थाले एचडीएफसी बैंकमार्फत महालक्ष्मी विकास बैंकको खातामा विद्युतीय माध्यमबाट रकम पठाउन सक्नेछन् । साथै, भारतका अन्य बैंकको चेक जम्मा गरी पनि पैसा पठाउन सकिनेछ । बैंकले हालै आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा पनि सुरु गरेको छ ।











प्रतिक्रिया