काठमाडौं ।
टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको छ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा सहभागी हुँदै कम्पनीले टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुजर २५०’ लगायतका सवारीसाधनहरू प्रदर्शनमा राख्नेछ।
एक्स्पो अवधिभर मात्र लागू हुने यो अफर अन्तर्गत, टोयोटा गाडी बुक गर्ने ग्राहकहरूले निम्न विशेष सुविधा प्राप्त गर्नेछन् । टोयोटाले यस अफरमार्फत ग्राहकहरूलाई थप सहज र लाभदायक गाडी खरिद अनुभव प्रदान गर्ने अपेक्षा लिएको छ ।











प्रतिक्रिया