काठमाडौं ।
एनआइसी एशिया क्यापिटलले सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दै वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०८१|८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावमाथि निर्णय गर्नेछ । क्यापिटलले यसअघि सातौं वार्षिक साधारणसभासम्ममा २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
यसपटकको प्रस्तावित ५० प्रतिशतसहित कम्पनीले कुल २९० प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।











प्रतिक्रिया