काठमाडौं ।
एनसेल आजियाटा लिमिटेड अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ। यस प्रविधिमार्फत अब ग्राहकले विदेशमा रहँदा पनि उच्च गुणस्तरको आवाज र छरितो डेटा सेवा प्रयोग गर्दै सहज रूपमा जडानमा रहन सक्नेछन्।
एनसेलले यसअघि नेपाल आउने विदेशी पर्यटकहरूलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब सेवा विस्तार गर्दै, सोमबारदेखि भारत जाने ग्राहकहरूका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो।
यो एक नवीन दूरसञ्चार प्रविधि हो, जसले फोरजी नेटवर्क प्रयोग गरेर उच्च गुणवत्ताको एचडी भ्वाइस कल सेवा प्रदान गर्छ । यसले कल जोडिने समय घटाउँछ र डेटा सँगै भ्वाइस कल पनि सहज रूपमा गर्न सकिन्छ । एनसेलले भारतका जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी–मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनका चाइना मोबाइल र चाइना युनिकम, क्यानडाका बेल र टेलसजस्ता अग्रणी अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको जानकारी दिएको छ।











प्रतिक्रिया