उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७मा पर्ने मदन भण्डारी लोकमार्गको अधेरी नजिकको जोगीटोलमा सोमबार साँझ ६ बजेर २० मिनटमा भएको ट्रक दूर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाण्डौबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३—०१—००६ख०५६१ नम्बरको ट्रकले रौतामाई गाउँपालिका वडा नं ७ का वर्ष ७२ का टंक बहादुर लामिछाने मगरलाई ठक्कर दिंदा मगरको घटनास्थल मै ज्यान गएको थियो ।
सो दूर्घटनामा परी उक्त ट्रकका सहचालक जिल्ला दोलखा कालिन्चोक गाउँपालिका वडा नं ४ का वर्ष ४०को गोमे दर्जीको दाहिने खुट्टमाचोट लागी घाइते भएकोमा उपचारकालागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सो ट्रकका चालक काभ्रैपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १४ बस्ने वर्ष ५४ को नवराज राउत भने सकुशल अवस्थामा रहेको र हाल जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहका छन् ।
उक्त दूर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी अधिकृत सहितको टोली र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलमा पुगेर मृतकको लास पोष्टमार्टमकालागि जिल्ला अस्पताल उदयपुर ल्याइएको र दूर्घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया