काठमाडौं ।
अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो भने सोमबार बिहान १ लाख ७५ हजार ६८५ क्युसेक बहाव मापन गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ। एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि खतरा संकेतस्वरूप रातो बत्ती बालिने प्रावधानअनुसार ब्यारेजमा रातो बत्ती बालिएको छ।
स्मरणीय छ, २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो। स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।











प्रतिक्रिया