संसद बैठकअघि प्रमुख दल र परामर्श समितिको बैठक बस्दै


काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकअघि सभामुख देवराज घिमिरेले बिहान ११ बजे प्रमुख पाँच दलका प्रमुख सचेतक र कानुनमन्त्रीको बैठक बोलाएका छन्। त्यसपछि साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बैठक बस्नेछ।

दिउँसोको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पेस हुने सम्भावना संघीय संसद सचिवालयले जनाएको छ। साथै, सङ्घीय निजामती सेवा विधेयकमा त्रुटि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ।