माओवादी स्थायी कमिटी बैठक आज सकिँदै, प्रचण्डले दिनेछन् जवाफ


काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) सकिँदै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी गरिएको छ।

बैठकअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले धारणा राख्ने कार्यक्रम छ।

अध्यक्ष प्रचण्डको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायत केही नेताहरूले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन्। विशेष महाधिवेशनको प्रस्ताव राखेका शर्मालाई आत्मालोचना गर्न सुझाव दिइएको छ, तर उनले प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने बताएका छन्।

बैठक बिहान ११ बजे सुरु हुनेछ।