पाल्पाको हात्तीलुङमा एक घण्टामा (१८.६) मिमी वर्षा, देशका विभिन्न स्थानमा वर्षा जारी


काठमाडौं ।

पाल्पाको हात्तीलुङमा पछिल्लो एक घण्टामा सबैभन्दा धेरै (१८.६) मिलिमिटर वर्षा मापन गरिएको छ।

हाल झापा, रौतहट, पाल्पा, रुपन्देही, कैलाली, डडेलधुरा लगायत पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ।

मौसम विभागका अनुसार आगामी केही घण्टा अझै वर्षा जारी रहने सम्भावना छ। स्थानीयबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।