काठमाडौ ।
संघीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ आजदेखि सुरु गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुसार अभियान काठमाडौँको कालिकास्थानबाट सुरु भएको हो।
मधेस केन्द्रित सात दल सम्मिलित मोर्चाले काठमाडौँसहित भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा कार्यक्रम गर्ने तयारी गरेको छ।
मोर्चाका शीर्ष नेताहरूले अभियानमार्फत संघीय मोर्चा गठनको आवश्यकता र औचित्यबारे जनतालाई जानकारी दिने छन्। जसपा नेपालले सहभागी नेताहरूको टुङ्गो लगाइसकेको जनाएको छ।











प्रतिक्रिया