काठमाडौं ।
भियतनामको डिएन बिएन जिल्लामा भारी वर्षापछिको बाढी र पहिरोका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्। बाढीले ६० भन्दा बढी घर बगाएको छ र ३० गाउँ सम्पर्कविहीन भएका छन्।
सयौं घर डुबानमा परेका छन् र पशु चौपाया समेत बगाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि करिब ७ सय सुरक्षाकर्मी, सेना र स्वयंसेवक खटाइएको छ।
उपप्रधानमन्त्री ट्रान होङ हाले प्रभावितलाई शीघ्र राहत दिन निर्देशन दिएका छन्।











प्रतिक्रिया