लन्डन, (एजेन्सी)
वल्र्ड एथलेटिक्स काउन्सिलले महिला वर्गमा प्रतिस्पर्धा गर्न चाहने खेलाडीहरूका लागि नयाँ नियमहरू औपचारिक रूपमा स्वीकृत गरेको छ ।
नयाँ नियमहरू १ सेप्टेम्बर २०२५ देखि लागु हुनेछन् । सबैभन्दा पहिले टोकियोमा १३ सेप्टेम्बरबाट सुरु हुने वल्र्ड एथलेटिक्स च्याम्पियनसिप यो नियम प्रयोग हुने पहिलो अन्तर्राष्ट्रीय प्रतिष्ठित प्रतियोगिता हुने भएको छ ।
नयाँ नियम अनुसार महिला वर्गमा प्रतिस्पर्धा गर्न चाहने सबै खेलाडीहरूले एकपटक मात्र गरिने सेक्स डिटरमाइनिंग रिजन वाई (एआरवाई) जीन परीक्षण अनिवार्य रूपमा गराउनुपर्नेछ । जुन जैविक लिङ्ग निर्धारण गर्न वैज्ञानिक रूपमा भरपर्दो माध्यम मानिन्छ ।
यो परीक्षण मुखको ¥याल वा रगतको नमुना संकलनबाट गरिनेछ । जुन खेलाडीको सुविधाअनुसार चयन गर्न सकिनेछ । सम्बन्धित सदस्य महासंघहरूले आफ्नो टोली र खेलाडी तयारीको क्रममा यो परीक्षणको निगरानी गर्नेछन् ।
वल्र्ड एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोले यी नयाँ नियमको उद्देश्य महिला खेलकुदमा निष्पक्षता र समानताको रक्षा गर्नु भएको स्पष्ट गरे । “वल्र्ड एथ्लेटिक्सको आधारभूत दर्शन भनेकै महिला खेलकुदको अखण्डता जोगाउनु र प्रवद्र्धन गर्नु हो,” कोले भने । “हामी चाहन्छौं कि महिलाहरूले खेलमा प्रवेश गर्दा त्यहाँ कुनै जैविक अवरोध छैन भन्ने विश्वासका साथ प्रतिस्पर्धा गरुन् । जैविक लिङ्ग पुष्टि गर्ने यो परीक्षण निष्पक्षता सुनिश्चित गर्ने एक महत्वपूर्ण कदम हो ।”
यी नियमहरू लैङ्गिक विविधता भएका खेलाडीहरूबीच काम गर्ने समूह ‘जेन्डर डाईभर्स एथ्लीट वर्किंग ग्रुप’ को सिफारिसबाट आएको हो । जुन मार्च २०२५ मा काउन्सिलद्वारा गठन गरिएको थियो । उक्त समूहले विज्ञान, कानुन, खेलकुद र सामाजिक क्षेत्रका पछिल्ला गतिविधिहरुको विस्तृत अध्ययनपछि लिङ्ग विकासमा भिन्नता अर्थात डिफरेन्सेस अफ सेक्सुअल डेभलपमेन्ट (डीएसडी) र ट्रान्सजेन्डर खेलाडीहरूको लागि योग्यताको ढाँचा प्रस्ताव गरेको हो ।
नयाँ नियमले वल्र्ड एथ्लेटिक्सका नैतिक र कानुनी प्रतिबद्धताहरूलाई समेत स्पष्ट पारेको छ । वल्र्ड एथ्लेटिक्सले शुक्रकीट ‘एक्स वाई’ गुणसूत्र भएका शीर्ष स्तरका लैङ्गिक विविधता भएका खेलाडीहरूलाई समर्थन गर्न थप पहलहरू अन्वेषण गर्ने कार्य पनि निरन्तर अघि बढाउने जनाएको छ । जसले सबै वर्गमा निष्पक्ष अवसर सुनिश्चित गर्न सहयोग गर्नेछ ।
नयाँ नियमको धारा ३.५ अनुसार महिला वर्गमा प्रतिस्पर्धा गर्न योग्य ठहरिने खेलाडीहरू :
- जैविक महिलाहरू अर्थात जन्मदेखि नै महिला शरीर भएको व्यक्तिहरू ।
-जैविक महिलाहरू जसले पुरुष बन्ने प्रक्रियामा टेस्टोस्टेरोन प्रयोग गरेका छन्, तर अन्तिमपटक टेस्टोस्टेरोन प्रयोग गरेपछि कम्तीमा चार वर्षसम्म महिला वर्गमा खेल्न पाइने छैन ।
-जैविक पुरुषहरू, जसलाई कम्प्लीट एन्ड्रोजेन इन्सेन्सीब्लिटी इन्टेन्सिटीभीटी सिन्ड्रोम (सीएआईएस) छ, जसका कारण उनीहरूले पुरुष यौन विकास वा यौवनकाल अनुभव गरेका छैनन् ।
-जैविक पुरुषहरू, जसमा डीएसडी रहेको छ र जसले वल्र्ड एथ्लेटिक्सले तोकेको विशेष संक्रमणकालीन सर्तहरू पूरा गरेका छन् ।











प्रतिक्रिया