ब्रेनट्युमर पीडितद्वारा सहयोगको अपिल


काठमाडौँ।

बर्दिया जिल्लाकी २७ वर्षीया सुशीला रेग्मी ब्रेनट्युमरबाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले उपचार खर्च जुटाउन सहयोगका लागि आम नेपाली, मनकारी व्यक्ति र संघ–संस्थाहरूसमक्ष अपिल गरेका छन्।

विगत पाँच वर्षदेखि सुशीलाको उपचार आफन्त तथा शुभचिन्तकको सहयोगमा चलिरहेको छ। उनका दाजु सन्तोष रेग्मीका अनुसार २०७७ सालमा पहिलोपटक अपरेसन गरिएको थियो। त्यसपछि २०८१ सालको जेठमा दोस्रो र २०८२ जेठमा तेस्रोपटक शल्यक्रिया गरिएको हो। हाल उनी काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएकी छन्, जहाँ आगामी साता चौथोपटक शल्यक्रिया गरिँदैछ।

“अहिलेसम्मको उपचारमा करिब १७–१८ लाख रुपैयाँ खर्च भइसकेको छ,” दाजु सन्तोषले भने, “परिवारको आयस्रोत कृषि मात्रै भएकाले थप उपचार खर्च जुटाउन हम्मे हम्मे परेको छ।” उनका अनुसार केही आफन्तहरूले सहयोग गरिसकेका छन्, तर अबको खर्चका लागि सहयोग आवश्यक परेको छ।

सुशीलाको उपचारमा संलग्न चिकित्सक टोलीले तुरुन्तै शल्यक्रिया आवश्यक रहेको जनाएपछि, उनको परिवारले मानवीय सहयोगको अपिल गरेका हुन्। उनका अनुसार शल्यक्रिया गरेको ३ हप्तापछि रेडियो थेरापी गर्नु पर्ने छ। “हाम्रो बहिनीको अमूल्य जीवन बचाउन तपाईंहरूको सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ,” सन्तोषले भने।

बर्दियाको बारबर्दिया नगरपालिका–६ निवासी उमाकान्त रेग्मीकी छोरी सुशीला सामान्य किसान परिवारमा जन्मिएकी हुन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको जीवनरक्षाका लागि सहयोगी हातको अपेक्षा गरिएको छ।

सुशीला रेग्मीलाई सहयोग जुटाउन उनको दाजु सन्तोष रेग्मीको नाममा सिदार्थ बैंकमा ०१६१५६००७०० नम्बरको खाता खोलिएको छ। थप जानकारी तथा सहयोगका लागि दाजु सन्तोषको मोबाइल नम्बर ९८०८१५५२००/९८६४२७३३३९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।

Siddhartha Bank

Name : Santosh Regmi
Account nomber : 01615600700
Branch : Gongabu Ganeshthan