धुलो र माटोका कारण जरिवाना पर्‍यो कम्पनीलाई


काठमाडौं ।

कलंकीको खसी बजार अगाडि रिङ्गरोड क्षेत्रमा निर्माणाधीन ईभी चार्जिङ स्टेसनको कामका क्रममा सडकमा माटो र धुलो फैलाएको आरोपमा स्वतन्त्र यातायात प्रा. लि. लाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

काठमाडौं महानगर प्रहरी बलले सार्वजनिक सडक प्रयोगमा असजिलो बनाएको र वातावरणीय मापदण्ड उल्लङ्घन गरेको भन्दै जरिवाना गरेको जनाएको छ।