सुनसरीको दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते


काठमाडौं ।

सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

को६प ५२४१ र को३२प १५०४ नम्बरका मोटरसाइकल ठोक्किँदा गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मियाँसँगै सवार १७ वर्षीय सबाद आलम र अर्का मोटरसाइकल चालक २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको विराट नर्सिङहोममा उपचार भइरहेको छ।

मोटरसाइकलमा सवार महेश चौधरी भने दुर्घटनापछि फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।