ट्रम्पको निर्देशन:श्रम तथ्याङ्क प्रमुख म्याकएन्टारफर बर्खास्त


काठमाडौं ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्कमा कमजोरी देखिएको भन्दै श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई तुरुन्त बर्खास्त गर्न निर्देशन दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत जो बाइडेनले नियुक्त गरेका अधिकारीहरूलाई हटाउन माग गरेका हुन्।

मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिदर अपेक्षाभन्दा कम देखिएपछि अमेरिकी अर्थतन्त्रप्रति चिन्ता बढेको छ। ट्रम्पले म्याकएन्टारफरमाथि तथ्याङ्क हेरफेर गरी उपराष्ट्रपति कमला ह्यारिसलाई फाइदा पुर्‍याउने आरोप पनि लगाएका छन्।

उनले निष्पक्ष तथ्याङ्क आवश्यक भएको भन्दै राजनीतिक लाभका लागि हेरफेर नहुने स्पष्ट पारेका छन्।