काठमाडौं ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको ‘राजधानी सेकुवा एण्ड मस्म सेन्टर’मा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरी हत्या गरिएको छ।
शनिबार बिहान करिब १० बजे सोही होटलमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी सेजवालको उपचारका क्रममा निसर्ग अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
हत्या आरोपमा साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया