काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि वर्तमान शासकीय प्रणालीमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ। उहाँले ओलीले पार्टी फुटाउने, राज्यका अंगहरू छिन्नभिन्न पार्ने प्रयास गरेको जिकिर गर्नुभयो।
गुरुङले अहिलेको मूल चिन्ता निर्वाचन २०८४ मा हुन्छ कि हुँदैन भन्ने नभई, वर्तमान व्यवस्था नै बाँच्छ कि बाँच्छैन भन्ने भएको उल्लेख गर्नुभयो। उहाँले यो प्रतिनिधि सभा २०८४ सम्म टिक्न सक्नेमा समेत शंका व्यक्त गर्नुभएको छ।











प्रतिक्रिया