काठमाडौं ।
झापाको काँकडभिट्टा हुँदै भारत पुर्याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले पानीटङ्की नाकाबाट उद्धार गरेको छ। वैदेशिक रोजगारीको बहानामा हङ्कङ लैजाने भन्दै भारत पुर्याइएका किशोरीहरूलाई सिलिगुढीमा नक्कली कागजात बनाउने तयारीमा रहेका बेला पक्राउ गरिएको हो।
उनीहरूलाई लैजाने भारत दार्जिलिङका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाका ६१ वर्षीय जपन गुरुङ मानव तस्करी अभियोगमा पक्राउ परेका छन्। सबै किशोरीहरू सङ्खुवासभा जिल्लाकी हुन्।
माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार उद्धारपछि किशोरीहरू र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल फर्काइनेछ।











प्रतिक्रिया