काठमाडौं ।
काठमाडौंका विभिन्न होटेलमा युवतीहरूलाई आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा जबरजस्ती संलग्न गराउने कार्य बढ्दो छ।
प्रभावित युवतीहरू अभाव र बेरोजगारीको कारण यस्तो दलदलमा फसिरहेका छन्। तर सम्बन्धित सरकारी निकाय तथा सुरक्षा संयन्त्रले आवश्यक निगरानी र कारबाहीमा चासो नदेखाउँदा यस्ता गतिविधि खुलेआम भइरहेका छन्।
मानव तस्करी तथा यौन शोषणविरुद्ध काम गर्ने संघसंस्थाहरूले तत्काल कडा कारबाहीको माग गरेका छन्।











प्रतिक्रिया