रुसले नवीनतम हाइपरसोनिक मिसाइल ‘ओरेस्निक’ उत्पादन सुरु गर्‍यो, बेलारुसमा तैनाथ गर्ने तयारी


काठमाडौं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सैन्य क्षमतामा नयाँ आयाम थप्ने हाइपरसोनिक मिसाइल ‘ओरेस्निक’ इचबकलіप को उत्पादन औपचारिक रूपमा सुरु भइसकेको घोषणा गरेका छन्। पुटिनले यस मिसाइल प्रणालीलाई वर्षको अन्त्यसम्ममा सहयोगी राष्ट्र बेलारुसमा तैनाथ गर्ने योजना समेत सार्वजनिक गरेका छन्।

सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको बैठकपछि बोल्दै पुटिनले भने, “तयारी कार्यहरू चलिरहेका छन्। सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले सबै तयारी पूरा गर्नेछौं। ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ।”

बेलारुसमा तैनाथ गर्न स्थानको छनोट

दुई नेताहरूको संयुक्त भेटपछि सार्वजनिक विवरण अनुसार रुस र बेलारुसको संयुक्त सैन्य संरचनाले मध्य(दूरीका यो अत्याधुनिक ब्यालिस्टिक मिसाइल तैनाथ गर्न उपयुक्त स्थानहरू पहिचान गरिसकेको छ। पुटिनले यो कार्य ूरणनीतिक सहकार्यू अन्तर्गत भइरहेको उल्लेख गरे।

यो कदमले रुसको पश्चिमी सीमामा रहेको बेलारुसलाई हाइपरसोनिक प्रविधिबाट सुसज्जित बनाउनेछ, जसले युरोपमा रहेका नाटो सदस्य राष्ट्रहरूप्रति सीधा सन्देश दिने संकेत गरिएको छ।

युक्रेन युद्धमा पहिलो प्रयोग

रुसले ‘ओरेस्निक’ मिसाइल पहिलोपटक गत नोभेम्बरमा युक्रेनमा प्रयोग गरेको पुष्टि गरिएको छ। सो हमला ड्निप्रो सहरमा रहेको एउटा मिसाइल निर्माण कारखानामा गरिएको थियो, जुन सोभियत संघको पालामा युक्रेनमा बनाइएको प्रमुख सैन्य औद्योगिक सम्पत्ति थियो।

विशेषज्ञहरूको अनुमानमा, ओरेस्निक मिसाइलको गति म्याक–८ ९ध्वनिको गति भन्दा आठ गुणा बढी० सम्म पुग्न सक्नेछ र यसको रडार–पार गर्ने क्षमता उच्च मानिन्छ। यस्तो हतियारको विकासले रुसको लामो दूरी प्रहार क्षमता र अजेय हतियार प्रणालीको दाबीलाई बल पुर्‍याउने विश्लेषण गरिएको छ।

सामरिक सन्तुलनमा असर

यस्ता उच्चगतिको र अत्यन्तै संवेदनशील हतियार प्रणालीहरूको विकास र तैनाथीले अन्तर्राष्ट्रिय सामरिक सन्तुलनमा गम्भीर असर पार्ने सम्भावना बढेको छ। अमेरिकालगायत नाटो राष्ट्रहरूले रुसको यस्ता कदमलाई आक्रामक सैन्य विस्तारको रुपमा हेरेका छन्।

पश्चिमी रक्षा विश्लेषकहरूको भनाइमा, “ओरेस्निकजस्ता हाइपरसोनिक मिसाइलहरू रोक्न परम्परागत वायु रक्षा प्रणाली पर्याप्त हुँदैनन्। यसले यूरोपभर नाटोको रणनीतिक सुरक्षा र युक्रेन युद्धको दिशा दुबैमा नयाँ चुनौती थप्नेछ।”

लुकाशेन्को–पुटिन सहकार्य बलियो बन्दै

बेलारुसका राष्ट्रपति लुकाशेन्को र रुसी राष्ट्रपति पुटिनबीच हालैको सहकार्य सैन्य साजसज्जामा मात्र सीमित छैन। दुई देशबीच ऊर्जा, कूटनीति र सुरक्षा सम्बन्धमा गहिरो एकता देखिएको छ। बेलारुसले युक्रेन युद्धमा प्रत्यक्ष सहभागी नभएपनि रुसी सेनालाई आफ्नो भू–भाग प्रयोग गर्न दिएको छ।

ओरेस्निक मिसाइलको उत्पादन र तैनाथीले युक्रेन–रुस युद्धको टेक्नोलोजिकल चरित्र झनै जटिल बनाउने देखिन्छ। यसले नाटो र पश्चिमी राष्ट्रहरूलाई अझ सतर्क बनाउनेछ भने, बेलारुसलाई युद्धको सम्भावित मोर्चा बनाउने सम्भावनासमेत बढेको छ।

रुसी राष्ट्रपति पुटिनको यो घोषणाले स्पष्ट संकेत गर्छ कि मस्को शीतयुद्धपछिको सैन्य प्रविधिमा फेरि एकपटक लिडर बन्ने दौडमा लागिपरेको छ, र बेलारुस जस्तो सहयोगी राष्ट्रमार्फत त्यसको प्रभाव विस्तार गर्दैछ।