जम्मू कश्मीर।
अमरनाथ यात्रा भारी वर्षाका कारण एक दिनका लागि स्थगित गरिएको छ। जम्मू कश्मीरको सूचना तथा जनसम्पर्क विभागले जानकारी दिँदै पहलगाम र बालटाल दुवै मार्गबाट यात्रा अस्थायी रूपमा रोकिएको जनाएको छ।
विभागले सामाजिक सञ्जाल ‘X’ मार्फत जानकारी दिंदै भन्यो, “श्री अमरनाथजी यात्रा ३० जुलाई २०२५ सम्म पहलगाम र बालटाल दुवै आधार शिविरबाट स्थगित गरिएको छ।”
कश्मीरका डिभिजनल कमिश्नर विजय कुमार बिधुरीका अनुसार निरन्तर भारी वर्षाका कारण बालटाल र नुनवान/चन्दनवारी आधार शिविरबाट यात्रा सुरु गर्न सकिएको छैन। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै निर्णय गरिएको जनाइएको छ।
यात्रा स्थगन भए पनि अहिलेसम्म ३ लाख ९३ हजारभन्दा बढी भक्तजनले पवित्र गुफाको दर्शन गरिसकेको विभागले जनाएको छ।
कोरोना महामारीका कारण दुई वर्षको अन्तरालपछि यो वर्ष अमरनाथ यात्रा पुनः सञ्चालनमा आएको हो। यात्रा असार १६ (जुन ३०) मा सुरु भएको थियो र कुल ४३ दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।











प्रतिक्रिया