एजेन्सी।
मस्को – रुसको सुदूरपूर्वमा अवस्थित कामचटका प्रायद्वीपमा बुधबार बिहान गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो क्षति निम्त्याएको छ। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र पेट्रोपाभलोभ्स्क-कामचत्स्कीबाट १२६ किलोमिटर टाढा र १८ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि कामचटका तटमा ३–४ मिटर अग्लो सुनामी उठेको पुष्टि गरिएको छ। क्षेत्रीय आपतकालीन मामिला मन्त्री सर्गेई लेबेदेवका अनुसार, धेरै मानिसहरू भाग्ने क्रममा घाइते भएका छन्। एक महिला झ्यालबाट हामफाल्दा घाइते भएको जानकारी प्राप्त भएको छ।
स्वास्थ्य मन्त्री ओलेग मेल्निकोभले सबै घाइतेहरूको अवस्था सामान्य रहेको र गम्भीर चोटपटक नभएको बताएका छन्।
१९५२ यताकै शक्तिशाली भूकम्प
भूकम्पपछि रुसी विज्ञान एकेडेमीको भूभौतिकीय सेवाले आगामी एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका पराकम्पहरू आउने सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।
यही महिनाको जुलाई २० मा पनि कामचट्काको राजधानी नजिक ७.४ म्याग्निच्युडको भूकम्पसहित पाँचवटा झट्का रेकर्ड गरिएका थिए।
जापानमा खाली गर्न आदेश
रुसको भूकम्पपछि जापानमा पनि तटीय क्षेत्र खाली गर्न आदेश दिइएको छ। सरकारी चेतावनी सन्देशमार्फत, नागरिकहरूलाई तुरुन्तै सुरक्षित, उच्च स्थानमा जान निर्देशन दिइएको छ।











प्रतिक्रिया