अस्ट्रेलियाद्वारा टी २० सिरिजमा पनि ह्वाइटवाश


काठमाडौं।

अस्टे«लियाले वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० आई सिरिज ५–० ले जितेको छ । वार्नर पार्कमा भएको पाँचौं खेलमा अस्टे«लियाले घरेलु टोली वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो । योसँगैं अस्टे«लियाले सिरिजमा ह्वाइटवाशसमेत ग¥यो ।

वेस्ट इन्डिजले १ सय ७० रन बनाएकोमा अस्टे«लियाले १७ ओभरमै ७ विकेटको क्षतिमा १ सय ७३ रन जोडेर जित हासिल गरेको थियो । टोलीका लागि मिच ओवेनले ३७ रन र क्यामेरोन ग्रीनले ३२ रन बनाएका थिए । वेस्ट इन्डिजका लागि भने शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाउँदा रुदरफोर्डले ३५ रनको योगदान दिएका थिए ।

सिरिज ५–० ले जित्दा अस्टे«लियन कप्तान मिचेल मार्शले आश्चर्यमा परेको बताए । उनले भने–सिरिज शुरुआत हुँदा मैले ५–० ले जित्ने अपेक्षा गरेको थिएन । तर, हामीले राम्रो क्रिकेट खेल्यौ ।

वेस्ट इन्डिज कठिन अवस्थामा

यस सिरिजमा वेस्ट इन्डिज कठिन अवस्थामा रहेको छ । यसअघि टेस्ट सिरिज अस्टे«लियासँग ३–० ले गुमाएको वेस्ट इन्डिजले अहिले टी २० सिरिज पनि एक खेल पनि नजिती गुमाउनु परेको छ । टोली तेस्रो टेस्टमा त २७ रनमा अलआउट भएर लज्जित बन्नु परेको थियो ।