ट्रम्पको निर्देशन: इसराइलले हमास विरुद्धको काम सक्नुपर्छ


काठमाडौं ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई गजामा हमास विरुद्धको सैन्य कारबाही तीव्र पार्दै काम टुंग्याउन निर्देशन दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले अब तिमीहरूले काम सक्नुपर्छ भन्दै हमासको नामोनिशान मेटाउनुपर्ने बताएका हुन्। ट्रम्पले युद्धविरामको विपक्षमा रहेकाले वार्ता टोली फिर्ता बोलाइएको बताएका छन्।

यसैबीच, कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा चलिरहेको वार्ता हमासको असन्तुष्टिपछि रोकिएको छ। गजामा मानवीय संकट गहिरिंदै गएको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।