युद्धको विभीषिकाबाट विश्व आक्रान्त छ । द्वन्द्व र युद्धबाट युद्धरत देशहरू मात्र प्रभावित भएका छैनन्, अन्य देशमा पनि बहुआयामिक नकारात्मक प्रभाव परिराखेको छ । इजरायलले अकस्मात् इरानमा आक्रमण ग¥यो । धेरै धनजनको क्षति गरायो । ‘अपरेसन राइजिङ लायन’ नाम दिइएको यो योजनाबद्ध आक्रमणबाट इरानी पक्षलाई ठूलो क्षति पुगेको छ । सशस्त्र सेनाका प्रमुख, इस्लामिक रिभोलुसनरी गार्डकोरका सेनापति, खतम अल अन्बियाका केन्द्रीय कमान्ड प्रमुख, एरो स्पेस फोर्स प्रमुख, हवाई रक्षा प्रमुख, खुपिया विभागका प्रमुखद्वय, १२ जनाभन्दा बढी महत्वपूर्ण भूमिकामा रहेका वैज्ञानिकहरू इजरायलको आक्रमणमा मारिएका छन् ।
यसलाई इरानले आफ्नो ठूलो क्षति मानेको छ । १२ दिनसम्म यी दुई देशहरूका बीच युद्ध भयो । संयुक्त राज्य अमेरिकाले बी२ नामक बम वर्षक विमान प्रयोग गरी इरानमाथि ठूलो क्षति पु¥याएको छ । राष्ट्रपति ट्रम्पकै पहलमा यी दुई देशहरु युद्धविराम गर्न तयार भए । यतिखेर युद्धविराम भइराखेको छ । युद्धविरामले दुई देशहरूका बीच स्थायी शान्ति कायम गर्न सक्ला वा यसलाई शक्ति सञ्चयका रूपमा लिने हुन् र अझ ठूलो युद्ध प्रारम्भ हुने हो ? भविष्यको गर्भमै छ । इरान र इजराइलको विरुद्ध युद्धकै अवस्था किन आइपरेको होला ? यो युद्ध पुनः प्रारम्भ हुने त होइन ? यो युद्धले विश्व शान्तिमै खलल पु¥याउने सम्भावना कत्तिको छ ? यी सबै विषयहरुमा विश्लेषण गर्ने अभिप्रायले यो आलेख तयार पारिएको छ ।
युद्ध छेड्नुका कारणहरू :
यसको मुख्य कारणमा इरानले एटोमिक बम बनाउने कार्य तीव्र गतिमा अघि बढाउनु हो । यतिखेर इरानले युरेनियम २३५ को प्रवद्र्धनलाई अघि बढाइराखेको छ । यसमा आईएईएको गम्भीर ध्यानाकर्षण भइराखेको छ । उसले हालका दिनसम्म इरानलाई निषेधात्मक कदम चालेको छैन । तर अन्य महत्वपूर्ण निर्णय भने लिएको छ । इरानले अन्तर्राष्ट्रिय फोरममा प्रतिबद्धता व्यक्त गरेको दायित्वको उल्लंघन गरेको घोषणा आईएईएको बोर्ड अफ गभर्नर्सबाट निर्णय गराई जुन १२, २०२५ मा इरानलाई जानकारी गराएको छ । आईएईए संघ इरानले लामो समयदेखि असमझदारी गरिआएको छ । यस संस्थाले इरानलाई आणविक क्रियाकलापहरु गरिराखेको साइटहरूको सम्भावित परमाणु गतिविधिको विस्तृत विवरण पठाउन भनेको छ ।
पदाधिकारीहरूलाई इरानको परमाणु साइट निरीक्षण गर्न र नमुना संग्रह गर्न अनुमति दिन आग्रह गरेको छ । प्राविधिकरुपमा यी क्षेत्रहरूमा के–कस्ता क्रियाकलापहरू के प्रयोजनका लागि हुँदै आएका हुन् ? यसको बारेमा व्याख्या गरिदिन अनुरोध गरेको छ । तर इरानले इरानी संसद्बाट जुन २५ र २६ मा २०२५ मा आईएईएको निर्देशनको अवज्ञा गर्ने निर्णय गरेको छ । सबै प्रकारका निरीक्षणहरू क्यामेराबाट गरिने निगरानीहरु र रिपोर्टिङसम्बन्धी प्रक्रियाहरु जम्मैलाई निलम्बन गरिदिएको छ । इरानको सर्वोच्च सुरक्षा परिषद्को स्वीकृतिको अभावमा निरीक्षणलगायतका कुनै पनि प्रकारको पहुँच नदिने गरी जुलाई २, २०२५ मा निर्णय गरेको छ ।
सर्वोच्च सुरक्षा परिषद्ले यो अन्तर्राष्ट्रिय संस्थालाई यी कार्यहरूमा प्रवेश दिएको छैन । यो अन्तर्राष्ट्रिय संस्थाले आर्थिक, सैन्यलगायतका प्रतिबन्ध इरानमाथि लगाएको छैन । विभिन्न माध्यमबाट दबाब दिने कार्य गरिरहेको छ । यसबाट विश्व जनमत इरानका विरुद्ध बढिराखेको छ । यो संस्थाले आफ्ना अनुरोधहरूलाई इरानले पटक–पटक अवज्ञा गरेको विषयलाई नोटिसमा राखेको छ । यसबाट गम्भीर अवस्था सिर्जना हुने देख्ने अवस्थामा आफ्नो प्रतिवेदनसहित कारबाहीका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेस गर्न सक्छ ।
यसबाट सबै प्रकारका प्रतिबन्धहरू इरानका विरुद्ध लाग्न सक्छन् । संक्षेपमा आईएईएले हालका दिनसम्म कुनै पनि प्रकारका कडा प्रतिबन्ध लगाएको छैन । इरानले निर्वाह गर्नुपर्ने दायित्वको गम्भीरताका साथ उल्लंघन गरेको विषयलाई कडा चेतावनी दिएको छ । यी कारबाहीहरु स्वतः प्रतिबन्धमा परिणत हुने प्रकारका हुँदैनन् ।
इरानले युरेनियम २३५ को संवद्र्धनलाई तदारुकताका साथ अघि बढायो । युरेनियमबाट परमाणु बम तयार हुन्छ । ९० प्रतिशतसम्म गुणस्तरयुक्त भएको युरेनियम यो हतियार बनाउनको लागि पर्याप्त हुन्छ । हालसम्म इरानले ६० प्रतिशत शुद्ध युरेनियम तयार पारिसकेको भनिदै छ । इरानले यो युरेनियमको भण्डारण ९० मिटर गहिराइमा बंकरभित्र सुरक्षित राखेको छ । अमेरिकाको चिन्ता युरेनियमबाट परमाणु बम तयार पार्छ र विश्व असुरक्षित बन्छ भन्ने हो ।
विश्वशान्तिका लागि प्रतिबन्ध लगाउनुपर्दछ । यसका अतिरिक्त इजरायलको भूगोल नै समाप्त पारिदिनका लागि यो हतियार बनाउँदै गएको उद्घोष इरानले गरेको छ । इरानलाई कमजोर नबनाउँदा इजरायलको अस्तित्व संकटमा पर्ने भएकाले परमाणु बम तयार पारिरहँदा इजरायलले हेरेर बस्न मिल्दैन । त्यसैले अमेरिका र इजरायल दुवै मिलेर तीनवटा उद्देश्यसहित इजरायललाई इरानमाथि आक्रमणमा अघि सारेको हो । पहिलो हो, उसको युरेनियम भण्डार ध्वस्त बनाउने, यो कार्य बिटु बमवर्षक विमान प्रयोग गरेर सम्पन्न भइसकेको दाबी अमेरिकाले गरेको छ । दोस्रो हो, लामो समयदेखि खुमेनीको तानाशाहीतन्त्रलाई नष्ट गर्ने, उनले हरेक दिन कोही न कोही मानिसलाई हालका दिनमा पनि फाँसीमा लड्काइराखेका छन् । संविधानभन्दा माथि छन् ।
उनलाई लागेको जे–जस्तो निर्णय पनि लिन्छन् । तसर्थ उनलाई हत्या गर्नु दोस्रो उद्देश्य हो । तेस्रो उद्देश्य भनेको पहिला रेजा पलवी त्यस देशका राजा थिए । उनले इजरायल र अमेरिकासँग संलग्नता दिइरहेका थिए । त्यसैले समयको अन्तरालमा ती राजालाई सत्ताच्युत गरियो । रेजाजस्तै अमेरिकाप्रति आज्ञाकारी सरकार इरानमा स्थापना गरी सरकार परिवर्तन गर्न चाहन्छन् । हालसम्मको कारबाहीबाट केही हदसम्म परमाणु बम बनाउने भण्डारण ध्वस्त भएको दाबी संयुक्त राज्य अमेरिकाले गरेको छ । इरानले युरेनियम अन्यत्र अज्ञात ठाउँमा सारिसकेको आशंका पनि गरिँदै छ ।
इजरायलले खोमेनीको हत्या गर्ने प्रयास गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई रोके । यसबाट त्रसित हुँदै खामेनीले आफ्नो हत्या भएमा तीनवटा व्यक्तिहरूमध्ये एकले उनको स्थान लिने गरी उत्तराधिकारीका विकल्प प्रस्तुत गरिसकेका थिए । त्यसैले दुईवटा उद्देश्य पूरा गर्न बाँकी छ । एउटा उद्देश्य पूरा भएको हो कि होइन ? सन्देह गरिँदै छ । इजरायललाई नामेट बनाउने गन्तव्यबाट इरान पछि हटेको छैन । यी तीनवटै उद्देश्यहरू पूरा नभई इरान र इजरायलका बीचको स्थायी शान्ति सम्भव देखिँदैन । यस अर्थमा अहिलेको युद्धविराम अस्थायी प्रकृतिको मात्रै हो ।
युद्धरत देशहरूलाई भएको फाइदा र बेफाइदा :
यी दुई देशहरूको बीचको युद्ध हवाई आक्रमणमा सीमित छ । इजरायलले इरानमाथि आक्रमण गरी रणनीति निर्माणमा संलग्न सैन्य प्रमुख, उच्चपदस्थ पदाधिकारी, वैज्ञानिकहरू धेरैलाई समाप्त पारिदिएको छ । लगातारको आक्रमणबाट इरानको एयर डिफेन्स प्रणालीलाई कमजोर बनाइदिएको छ । इरानको ड्रोन र मिसाइलको स्टकमा भारी कटौती गर्न सफल भएको छ । सैन्य नेतृत्व निकै कमजोर बनाइदिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प नै प्रत्यक्ष युद्धमा होमिएका कारण इजरायललाई नाटो, युरोपियन युनियनजस्ता देशहरुसँग नजिक पु¥याउने वातावरण तयार भएको छ । अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने परिस्थिति बनेको छ । नेतान्याहुको स्थिति इजरायलभित्र अधिक मजबुत बनेको छ । संयुक्त राज्य अमेरिकाको बीटु बमवर्षक विमान प्रयोग गरेर इरानको ठूलो क्षति भएको दाबी गरे तापनि यसको पुस्ट्याइँ हुन सकेको छैन । तथापि मनोवैज्ञानिकरुपमा इरानलाई आतंकित बनाउन इजरायल सफल भएको छ । किनकि यो क्षमताका बमवर्षक विमानहरू अमेरिकामा मात्र १६ वटा रहेका छन् । अन्य देशले यो हतियार बनाउन सकेको छैन । इरानमा पुनः आक्रमण गरेर ठूलो क्षति पु¥याउन सक्छ ।
यो जानकारी खामेनीलाई स्पष्टरुपमा भएको छ । त्यही कारणले गर्दा उनी युद्धविराम गर्न मञ्जुर भएको हुनसक्छ । तर इजरायलका पनि थुप्रै सैन्य इलाकाहरू इरानी आक्रमणले ध्वस्त बनाइदिएका छन् । इरानले १२ दिनमा नौ चरणमा ड्रोन आक्रमण गरेको थियो । मिसाइल पनि इजरायलका करिब आधा दर्जन मुख्य शहरहरूमा प्रहार गरी थुप्रै क्षति पु¥याएको छ । केही आन्तरिक द्वन्द्वको अवस्था इरान आक्रमणपश्चात् इजरायलमा बन्दै गएको छ । दीर्घकालीन परमाणु सुरक्षा पुनर्निर्माणमा चुनौती थपिएको छ । यो इजरायलका लागि शुभ संकेत होइन ।
इरानतर्फ पनि मिश्रित किसिमको अवस्था देखियो । सबैभन्दा राम्रो पक्ष भनेको खामेनी बच्न सफल भए । उनलाई अमेरिकाले मार्नबाट बचाइदिएको समाचार सम्प्रेषित भयो । इरानभर अमेरिका र इजरायल विरोधी भावना तीव्र बढ्यो । यसले खामेनीको गन्तव्य र सोचलाई थप समर्थन प्राप्त भयो । युद्धविराम अवधिमा इरानले आफ्नो आणविक र सामरिक क्षमता वृद्धि गरी शक्ति आर्जन गर्ने अवसर पायो । युद्धले निरन्तरता पाएको भए इरानमा धेरै ठूलो विध्वंश हुने थियो । सम्भवतः खामेनी मारिने थिए । यो अवस्थाबाट बचेर कुशल रणनीतिका साथ अघि बढ्न इरानलाई अवसर मिलेको छ ।
सम्भव होला स्थायी शान्ति ?
युद्ध समाप्त भई शान्ति स्थापना हुनका लागि दुईवटा सर्तहरू हुन्छन् । युद्ध उत्कर्षमा पुगी कुनै एक पक्षले पराजय भोगेको हुनुपर्दछ । यसबाट थप क्षति हुन नदिनको लागि युद्धविराम हुन्छ । युद्ध अन्त्य हुन्छ । पराजित पक्षले विजयी पक्षलाई आफूभन्दा धेरै शक्तिशाली सोचेको हुन्छ । दोस्रो हो, युद्धलाई निरन्तरता दिँदा हुने फाइदाभन्दा बेफाइदा धेरै बढी हुन्छ । यी पक्षहरूको विश्लेषण युद्धरत पक्षहरूले गर्दछन् । इजरायल र इरानको केसमा एकले अर्कालाई धेरै शक्तिशाली प्रमाणित गर्न सकेनन् । धेरै कमजोर पनि साबित भएनन् । विश्व परिवेशमा दुई देशहरुमध्ये कुनै एकलाई तिरस्कार गरिएको अवस्था पनि रहेन । इरानले आईएईएको निर्देशनको अवज्ञा पटक–पटक गर्दा पनि विश्वले यस देशलाई अर्घेलो सोचेर भत्र्सना गरेको पाइएन । विश्व समुदायले इरानलाई ठूलै व्यापारिक साझेदार मानेको छ । यो छोटो अवधिको युद्धमा दुवै पक्षले क्षति व्यहोर्नुप¥यो । यद्यपि इरानले बढी क्षति बेहोरेको यथार्थ छिपेको छैन । तर इजरायलले पनि अवरोधक मिसाइलहरूको स्टक समाप्त हुने अवस्थामा आफैँलाई पु¥यायो । अर्थतन्त्र कमजोर बनायो ।
दुवै देशहरूको युद्धरत रहँदा लागत अत्यधिक बढ्दै जाने तर स्रोत घट्दै जाने अवस्था बन्यो । सिरियाका मलेसिया र हेजबुलालाई कमजोर बनाएका कारण इजरायललाई इरानसँग युद्ध गर्न केही सहज अवस्था बन्यो । तर पनि इरानको मनोबल कमजोर बनाउन इजरायलले सकेन । रणनीतिक लक्ष्य हासिल पनि आंशिकरुपमा मात्र गर्न सफल भयो । इरानले इजरायललाई उसको रणनीतिक क्षमताको आँकलन गर्न सक्ने अवसरसम्म पनि दिएन । इरानी जनता इजरायलको आक्रमण व्यक्ति र सत्ताविरुद्ध होइन, समग्र देशविरुद्धको रहेको निष्कर्षमा पुगे ।
यसबाट तानाशाह खामिनीलाई बल पुग्यो । इरानी जनताले इजरायलविरुद्धको विनाशकारी मनसायको प्रतिकको रुपमा रहेको डुम्स डे क्लकमाथि भएको आक्रमणलाई अत्यन्त हास्यास्पद माने । यस आक्रमणले इजरायलविरुद्ध इरानका नागरिक गोलबद्ध हुने अवस्था बन्यो । अब को कमजोर, को सुदृढ हो ? यसको दुविधा दुवै राष्ट्रहरुमा रह्यो । यसबाट सिधै पछि हट्ने मनस्थितिमा दुवै राष्ट्रहरू रहेनन् । केही समय आफ्नो रणनीतिक हिसाबले अघि बढ्न अवसर दुवैले लिएका हुन् ।
निष्कर्ष :
इरान जबरजस्त राष्ट्र बनेको छ । अन्तर्राष्ट्रिय संघसंस्थालाई टेर्दैन । राष्ट्रपति ट्रम्पले युरोनियम प्रशोधन कार्यलाई रोक्न तेहरानलाई पूर्णरुपमा खाली गर्न गरेको आग्रहलाई ठाडै अस्वीकार गरिदियो । कुनै पनि समय युद्ध छेड्न सक्ने सन्त्रासका कारण इजरायलले अत्यन्त ठूला–ठूला र बलिया बंकरहरू निर्माण गरेर नागरिक र सैन्यलाई बचाउने रणनीति लिएको छ । तर इरान तिनै बंकरहरु ध्वस्त बनाउने हतियार बनाउँदै छ । इजरायललाई लामो समयदेखि शत्रु राष्ट्र औपचारिक रुपमै घोषणा गरेको छ । रूस र चीनजस्ता शक्तिशाली राष्ट्रहरू पनि इरानलाई परमाणु बमजस्ता हतियारहरु उत्पादन नगर्न सुझाव दिइराखेका छन् । तर उसले अस्वीकार गरेको छ । इजरायलले रणनीतिक विन्दुहरूमा योजनाबद्ध हिसाबले गरेको आक्रमणको जवाफमा सर्वसाधारणका आवास क्षेत्रहरूमा ड्रोन र मिसाइल हमला इरानले गरेको छ ।
सञ्चार गृहहरूलाई ध्वस्त बनाउने सोचका साथ प्रहार गरेको देखिन्छ । मध्यपूर्वी देशहरूमा मुस्लिमहरूकै अत्यधिक बहुमत भएको अवस्थामा पनि इरान एक मुस्लिम देशका नाताले यो क्षेत्रका अन्य मुस्लिम राष्ट्रहरूको समर्थन प्राप्त गर्न सकेन । राष्ट्रपति ट्रम्प पनि पछिल्लो अवधिमा मध्यपूर्वमा रहेका आफ्ना सैनिक क्याम्पहरूको सुरक्षामा प्राथमिकताका साथ जुटेको छ । युद्धविरामपश्चात् इजरायलले इरानमा गरेको आक्रमणलाई विश्वले निन्दाको दृष्टिले हेरेको थियो । यो परिस्थिति निर्माण हुँदा पनि इरान स्पष्टरुपमा आफ्नो गन्तव्यमा अडिग छ । यसले गर्दा दुई देशहरूका बीच राम्रो सम्बन्ध भोलिका दिनमा हुने स्थिति बिल्कुल देखिँदैन ।
इजरायलको रणनीति पनि त्यति सबल देखिएन । यस प्रकारको अनुपयुक्त ढिपी इरानले गरिरहँदा पनि विश्व समुदायको समर्थन आफ्नो पक्षमा लिन इजरायल सफल भएको देखिएन । विश्व रंगमञ्चमा देखिएको ध्रुवीकरणको प्रभाव इजरायल र इरानका मामिलामा पनि स्पष्ट देखिने सम्भावना छ । जी७ समूहमा यो विषयले प्रवेश पाइसकेको छ । अमेरिका इजरायलको पक्षमा देखिएको छ । चीन, रुस र उत्तर कोरियाजस्ता साम्यवादी देशहरू अन्त्यमा इरानकै पक्षमा खडा हुने स्थिति छ । खाडी क्षेत्रकै ओमान, कतार, साउदी अरेबियाजस्ता राष्ट्रहरूले खुलेर आफ्ना अभिव्यक्ति नदिए पनि अन्त्यमा इरानलाई साथ दिने अवस्थामा देखिएनन् । यस प्रकारको ध्रुवीकरण बढ्दै जाँदा विश्व नै प्रभावित हुने सम्भावना प्रबल छ । यसका पक्षमा पनि ठूला राष्ट्रहरु देखिएका छैनन् । इरान आफ्ना आणविक कार्यक्रमहरूमा तल्लीन भएर लाग्नेछ । ट्रेन्च बंकरहरू समाप्त गर्ने शक्तिशाली हतियारहरूको उत्पादन गर्नेछ ।
यसले विश्वशान्तिमा चुनौतीको अवस्था सिर्जना गर्दछ । शक्तिशाली हतियारहरू उत्पादन गरेर इजरायललाई भूगोलबाट समाप्त गरिदिने जुन उद्घोष खामिनीको छ, यही खतरनाक योजना र नीतिका कारण पनि यी देशहरुका बीच स्थायी शान्तिको सम्भावना न्यून बन्दै गएको छ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरूले यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्दछ । कूटनीतिक माध्यमबाट दबाब दिई इरानलाई घातक हातहतियारहरु उत्पादन गर्नबाट रोक्न सक्नुपर्दछ । यदि यसो नभएमा संयुक्त राज्य अमेरिकाको सहयोगमा इजरायलले कुनै पनि समय इरानमा आक्रमण गर्न सक्छ । अबको आक्रमण यसका तीनवटै उद्देश्यहरू पूर्णरुपमा पूरा गर्ने हिसाबले हुनेछ ।
विश्वका अन्य शक्तिशाली राष्ट्रहरुले अमेरिका र इजरायलले इरानलाई समाप्त पार्न लागेको दृश्यलाई सहजरुपमा लिने छैनन् । यो अवस्थामा पुनः दुई देशका बीच लडाइँ भएमा यसले भयावह रुप लिन सक्छ । रणनीतिक हिसाबले दुवै राष्ट्रले एक–अर्काका विरुद्ध ठूलो क्षति कुनै पनि समय पु¥याउन सक्छन् । यस अवस्थामा संयुक्त राष्ट्रसंघमा भिटो अधिकारको प्रयोग गर्ने शक्तिशाली राष्ट्रहरू एकै ठाउँमा उभिई मेलमिलाप गर्नुपर्दछ । अन्यथा इरानले ठूलो क्षतिको सामना गर्नुपर्ने अवस्था छ । इजरायल मात्र होइन, विश्वका अन्य राष्ट्रहरुले पनि यो अवस्थामा प्रत्यक्ष÷अप्रत्यक्ष ठूलै क्षति बेहोर्नुपर्दछ ।











प्रतिक्रिया