काठमाडौँ।
थाइल्याण्ड र कम्बोडिया सीमामा भएको सैन्य झडपमा कम्तिमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। जारी तनावका कारण सीमावर्ती क्षेत्रमा त्रास फैलिएको छ।
थाई स्वास्थ्यमन्त्रीका अनुसार ज्यान गुमाउनेहरूमा एक जना सैनिक र ११ जना सर्वसाधारण रहेका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पुर्याइएको छ।
थाइल्याण्डको सुरिन प्रान्तमा दुई जनाको मृत्यु भएको छ, जसमा एक आठ वर्षीय बालकसमेत रहेका छन्। उबोन रत्चाथानी प्रान्तमा एक जना र सिसाकेट प्रान्तमा आठ जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ।
सैनिक अधिकारीहरूका अनुसार दुवै देशबीच सीमा व्यवस्थापन र भू-स्वामित्वको विषयलाई लिएर तनाव बढ्दै आएको थियो। हालको झडप त्यही विवादको उत्कर्ष भएको अनुमान गरिएको छ।
सीमा क्षेत्रमा अझै पनि तनाव यथावत् रहेको र थप भिडन्त हुन सक्ने जोखिमका बीच, स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। दुवै पक्षले एक अर्कालाई आक्रमणको दोष दिँदै परस्पर संवादका लागि चासो देखाएका छन्।
थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया