बाजुरामा जीप दुर्घटना : ३ जनाको मृत्यु, १२ घाइते, उद्धारमा कठिनाइ, हेलिकप्टर पठाउन आग्रह

9.49k
Shares

प्रत्यक्षदर्सी भन्छन् : पैदलबाट उद्धार गर्न गाह्रो भयो, घाईते प्राण छोड्न थाले छिटो हेलिकप्टर पठाऊ

बाजुरा ।

हिमाली गाउपालिकावडा न. पाँच किउडीबाट धुुलाचौरका लागि छुटेको जीप चुनीकोईरालामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने१६ जना बढी घाईते भएका छन् । कच्ची सडक एबं जिल्लाकै विकट \ टाढा भएकोले घाईते तथा मृतकको उक्त सडकखण्डबाट छिटो उद्धार गर्न कठिनायी भएको हिमाली गाउँपालिकाका रोजगार संयोजक बृखराज पाण्डेले बताए ।

किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको स्थानी उमेश रोकायाले जानकारी दिएका छन् । मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षिया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षिया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको र ३४ वर्षिया जुनेली रोकायको उद्धारका क्र्रममा केहि समय अघि मृत्युभएको स्थानइि प्रत्यक्ष दर्सी गम्मी बुढाले जानकारी दिएका छन् । १६ जना शिघ्र घाइते छन् ।बोकेर ल्याउने अव्स्था छैन। हिामलीको एम्वुलेन्स वाहेक अरु गाडी पनि छैनन् ।

उपचारका लागि धुलाचौर ल्याउने साधान पनि छैन । कच्चीबाटोका कारण गाडी आउने सम्भावना न्युन छ । उयहां तिन जना वितिसके अरु प्राण छोड्दै छन् , तत्काल हेलिकप्टरको ब्यबस्थापन गरी घाईतेको छिटो उद्धार गर्न बुढाले आग्रह गरेका छन् । किउडी धुलाचोर कच्ची सडक भरखर ट्रयाक खोलेको। जोखिम बाटो छ कच्ची बाटोमा क्षेमता भन्दा बढि सवारी बोकेकोले दर्घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायका अनुसार दुर्घटना परि चार जनाको ज्यान गइसक्यो १२जना घाईते भनने आएको छ। जिल्लाकै विकट स्थान एकोले कुवाडी प्रहरी चौकी बाट क्यिुडी पुग्न पैदल चार घण्टा लाग्छ । प्रहरी परिचालन भैसकेको छ। कच्चीबाटो क्षेमता भन्दा बढि यात्रु बोक्दा सवारी दर्घटना भएको हुनसक्छ । मौसमका कारणघटना सथल सम्म हेलिकप्टर जानसक्ने अवस्था छैन ।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देववहादुर चौधरीका अनुसार जीप दुर्घटना भएको फोनमा सुनेको र दुर्घटनाको एकिन विवरण आएको छैन । प्रहरी टोली दुर्घटना स्थल तर्फ परिचालन भईसकेको प्रहरीले जनाएको छ। प्रहरी घटना स्थलमा पुगेर मुचुल्का गरिरहेको छ स्थानीय गमीबुढाले भने । जीप सडक बाट २५ मिटर तल खस्को हो । सडकमा पहिरो खाल्टाखुल्टी थिए पहिरो पनि थियो माथिल्लो सडकबाट तल्लो सडकमा खसेको हो बुढाले भने ।